कार्यक्रमकाे खबर

येसु सिनेमा विमोचन कार्यक्रम २०७१

2071/09/10 संखुबासभा- 

आज भन्‍दा लगभग ४ वर्ष अघि देखि याक्‍खा भाषामा अनुवाद सुरु भएको येसु सिनेमा  २०७१ साल  पाैष ७ गते संखुवा सभाको जिल्‍लाको  तामाफोक गा बि स मा बिबिध कर्यक्रमहरुको साथमा विमोचन कार्य सुसम्‍पन्‍न भयो ।  उक्‍त कार्यक्रममा जीवन याक्‍खाले सञ्‍चालन गर्नुभएको थियो र पास्‍टर लाल बहादुर याक्‍खाले येशू संसारमा किन आउनुभयो भन्‍ने बारेमा सुसमाचारिया प्रबचन दिनुभएको थियो ।

कार्यक्रम दिनको १ बजे देखि सुरू गरियो । उक्‍त कार्यक्रममा गछिया, तेह्रथुम, धरान, माम्‍लिङ्‌, आँखिभुइका विभिन्‍न मण्‍डलीका  विश्‍वासी दाजुभाइ दिदीबहिनीहरूको उपस्‍थिती रहेको थियो ।  कार्यक्रममा याक्‍खा भाषामा नाच गानको साथ परमेश्‍वरको महिमा गर्ने काम भयो ।   त्‍यस कार्यक्रममा स्‍थानिया बुद्धिजिवीहरू, शिक्षकहरू, वृद्ध वृद्धा, जवान, बालबालिकाहरू  कार्यक्रममा हेर्न, सुन्‍न आउनुभएको थियो । त्‍यस कार्यक्रममा एक जना बुद्धिजिवी व्‍यक्तिलाई आफ्‌ना एकदुइ शब्‍द बोल्‍न दिइयो उहाँले हामी याक्‍खाहरू सबै कुरामा पछि परेका छाै, त्‍यसैले हामी भाषाको निम्‍ति जुनसुकै धर्ममा आस्‍था राखे पनि यस्‍तो प्रकारको कार्याले हामी याक्‍खाहरुको अस्‍तित्‍व जीवित राख्‍ने भएकोले यस्‍ता  कामको हामी सबैले कदर गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।  

 

 

 

 

 

 

कार्यक्रमको अन्‍तमा याक्‍खा ईसाइ समाजका अध्‍यक्ष पा. लालबहादुर याक्‍खा  द्वारा याक्‍खा भाषाको DVD को साथै लुकाले लेखेखेको सुसमचारको पुस्‍तक कार्यक्रममा सहभागि अतिथीहरूलाई वतरण गरिएको थियो। त्‍यस पछि  सिनेमा प्रदर्शन गर्ने कार्य गरियो, त्‍यहाँ उपस्‍थित सबै याक्‍खा र अरू जातिका मानिसहरूले उत्‍साहित भएर  हेर्नुभयो फिल्‍म हेर्नुभएको थियो । सयद यो पहिलो फिल्‍म भएको कारण पनि हुन सक्‍छ। अनि भोलिपल्‍ट याक्‍खाहरूको बिचमा याक्‍खा भाषाबाट एकदम आशिषित  संगति भयो, त्‍यस संगतिमा पास्‍टर जस बहादुर याक्‍खा द्वरा परमेश्‍वर वचन प्रचार भयो। अब आउने दिनहरुमा याक्‍खा ईसाइ समाजले यस फिल्‍मलाई विभिन्‍न याक्‍खा बस्‍तिहरूमा देखाउने तयरी गरिरहेको छ। ताकि प्रभु सन्‍देश सबै दाजुभाई दिदी बहिनीहरूको माझमा पुर्याउन सकियोस।

Share